100% Secure, Photo Delivery
  • 100% Safe Photo and Framing Delivery services
Nest 0 Cart

How to Take Great Wedding Photos Yourself

How to Take Great Wedding Photos Yourself

विवाह फोटो खिच्ने तरिका: परिवारकै हातबाट

विवाह कुनै पनि व्यक्तिको जीवनको एक महत्वपूर्ण क्षण हो। तर, कहिलेकाहीँ विवाहको व्यस्तताले गर्दा फोटो खिच्नका लागि व्यावसायिक फोटोग्राफर नपाइएमा के गर्ने? चिन्ता नगर्नुहोस्! आजभोलि हाम्रा सबैसँग राम्रो मोबाइल भएकोले क्यामराको चिन्ता हटाउन सकिन्छ। यहाँ केहि उपायहरू प्रस्तुत गर्दैछु जसले गर्दा तपाईँको विवाहको फोटोहरू राम्रा र सम्झनलायक बन्न सक्छन्।

१. इभेन्ट फोटोग्राफी:

विवाहमा फोटोहरूको करिब ६० प्रतिशत हिस्सा इभेन्ट फोटोग्राफीले ओगट्छ। त्यसैले, तपाईँको परिवार वा साथीभित्र कसैसँग राम्रो मोबाइल छ भने उसलाई यो जिम्मेवारी दिनुहोस्। ती व्यक्तिलाई इभेन्टहरू जस्तै रिङ सेरोमनी, माला सेरोमनी, कन्यादान, र अन्य महत्वपूर्ण क्षणहरूको फोटो खिच्न भन्नुहोस्। ध्यान दिनुस्, यी फोटोहरू वाइड एंगलमा र बिना जुम खिच्न आग्रह गर्नुहोस्। साथै, विवाह भैरहेका स्थानहरूको वरपरको वातावरण र प्रतिक्रिया पनि कैद गर्न भन्नुहोस्। अधिकांश फोटोहरू अरुलाई थाहा नदिइकन खिच्न सुझाव दिनुहोस्, जसले गर्दा फोटोहरू प्राकृतिक र वास्तविक लाग्नेछ।

२. पारिवारिक फोटोग्राफी:

विवाहको अर्को २० प्रतिशत हिस्सा पारिवारिक फोटोग्राफीमा केन्द्रित हुन्छ। यसका लागि परिवारका सबै सदस्यहरूलाई राम्रोसँग चिन्नेमध्ये एक जनालाई यो जिम्मेवारी दिनुहोस्। उसले पारिवारिक सदस्यहरूको फोटो खिच्दा हँसिलो र खुसी देखिनुपर्छ जसले गर्दा सबैजना फोटो खिच्न सजिलो र रमाइलो मान्नेछन्। पारिवारिक फोटो खिच्दा समयको महत्त्व हुन्छ, त्यसैले एकै समयमा धेरै व्यक्तिले फोटो खिच्ने जिम्मा नदिनुहोस्। इन्गेज्मेन्ट समारोह सकिएपछि मुख्य परिवारका सदस्यहरूलाई समूहमा एकत्रित गरी १० मिनेटभित्र फोटो खिच्न सकिन्छ। यसरी गर्दा सबै मुख्य व्यक्तिहरूको फोटो छुट्ने छैन।

३. दुलहा-दुलहीका कपल र एकल फोटो:

विवाहमा दुलहा-दुलहीको कपल प्रोट्रेट र एकल प्रोट्रेट फोटोहरू कम्तिमा १० प्रतिशत हुनुपर्छ। यसका लागि तपाईँको आफन्तमध्येकसैलाई, जो हँसिलो र रमाइलो गराउन सक्छ, उसलाई जिम्मेवारी दिनुहोस्। यस्तो व्यक्तिले तपाईंको जोडीका फोटोहरूलाई थप सुन्दर र सम्झनलायक बनाउनेछ। फोटोका लागि पोसहरू अनलाइनबाट सिकेर वा डाउनलोड गरेर राख्न सकिन्छ। यी फोटो खिच्न उपयुक्त समय भनेको वरणी अगाडि र इन्गेज्मेन्ट सकिने बित्तिकैको समय हो। यस समयमा निधारमा टिका कम हुने भएकोले फोटोहरू थप सुन्दर देखिन्छन्।

मुख्य सुझावहरू:
फोटो खिच्न जिम्मेवारी लिने व्यक्तिलाई इभेन्टहरूका क्रममा वाइड एंगल प्रयोग गर्न, र फोटो खिच्दा अरूलाई थाहा नदिन आग्रह गर्नुहोस्।
पारिवारिक फोटो खिच्नेक्रममा समयको महत्त्व बुझेर एक जनालाई मात्र यो जिम्मेवारी दिनुहोस्।
दुलहा-दुलहीको कपल र एकल फोटो खिच्न रमाइलो वातावरण बनाउन सक्ने व्यक्तिलाई छनोट गर्नुहोस्।
यी सामान्य तरिका अपनाउँदा तपाईँको विवाहको फोटोहरू राम्रो र सम्झनलायक हुनेछन्। फोटो खिच्दा कुनै प्रोफेशनल फोटोग्राफर नभए पनि, आफन्तहरूले मिलेर खिचेका फोटोहरू पनि उत्कृष्ट हुन सक्छन्। यदि तपाईँले माथिका सुझावहरू पालना गर्नुभयो भने, विवाहका फोटोहरूमा कुनै कमी नआउनेछ। विवाह पछि ती आफन्तहरूलाई धन्यवादस्वरूप उपहार दिनुहोस् र तपाईंका सबै महत्वपूर्ण क्षणहरू क्याप्चर गर्नु भएकोमा प्रशंसा व्यक्त गर्नुहोस्।

विवाहमा भएका यी सामान्य तरिकाहरू अपनाएर तपाईँको फोटोहरू सम्झनलायक बनाउनुहोस्। यसरी, खर्च नगरी र बिना फोटोग्राफर, विवाहका हरेक पलहरूलाई सजिलै क्याप्चर गर्न सक्नुहुनेछ।

धन्यवाद!

- फोटोग्राफर बिक्रम न्यौपाने

How to Capture Wedding Photos: A Guide to DIY Family Photography

A wedding is one of the most important moments in anyone's life. However, due to the busy nature of weddings, it’s possible that hiring a professional photographer may not be feasible. No worries! Nowadays, with almost everyone having a good mobile phone, there’s no need to fret about cameras. Here are some tips to ensure your wedding photos are beautiful and memorable.

1. Event Photography:

Event photography accounts for about 60% of wedding photos. If someone in your family or friends has a good mobile phone, assign them this responsibility. Ask them to capture key moments such as the ring ceremony, garland ceremony, Kanyadaan, and other significant moments. Ensure that these photos are taken in wide-angle without zooming. Additionally, encourage them to capture the surroundings and reactions during the events. Suggest taking most photos candidly, without informing others, so that the photos appear natural and genuine.

2. Family Photography:

Another 20% of the wedding photography focuses on family moments. Assign this task to a family member who is well acquainted with all the family members. They should aim to capture everyone with happy and cheerful expressions, making the experience pleasant for all. Timing is crucial for family photos, so avoid having too many people take photos at the same time. After the engagement ceremony, gather the main family members and take photos within 10 minutes. This ensures that none of the important individuals are missed.

3. Couple and Solo Portraits of the Bride and Groom:

The bride and groom’s couple portraits and solo portraits should make up at least 10% of the wedding photos. Assign this task to a relative who can create a cheerful and enjoyable atmosphere. This person will help make the couple’s photos more beautiful and memorable. You can also find pose ideas online and save them in advance. The best time to take these photos is before the Var Mala ceremony and right after the engagement, as there are fewer tika marks on the forehead, making the photos more appealing.

Key Suggestions:

Advise the person responsible for event photography to use wide-angle shots and take photos candidly.
For family photos, emphasize the importance of timing and assign the task to just one person.
Choose someone who can create a fun environment for capturing the bride and groom’s couple and solo portraits.
By following these simple tips, your wedding photos will be beautiful and memorable. Even without a professional photographer, family-taken photos can still be excellent. If you adhere to the suggestions above, there will be no shortage of great photos from your wedding. After the wedding, show appreciation by gifting those who captured your moments and express gratitude for preserving your special memories.
By adopting these simple methods, make your wedding photos memorable. This way, without spending much and without a professional photographer, you can easily capture every moment of your wedding.

Thank you!

- Photographer Bikram Neupane
WhatsApp