100% Secure, Photo Delivery
  • 100% Safe Photo and Framing Delivery services
Nest 0 Cart

प्रतियोगितामा सहभागी भई फोटोग्राफीको भविष्य निर्माण गरौं

प्रतियोगितामा सहभागी भई फोटोग्राफीको भविष्य निर्माण गरौं

विवाह फोटो प्रतियोगितामा सहभागीता किन आवश्यक छ?

नमस्कार, म पूर्व विवाह फोटोग्राफर तथा विभिन्न फोटो प्रतियोगिताका सहभागी एवं क्यानाेन केपिए वेडिङ्ग फाेटाे अवार्ड 2016,2017 , निकाेन केपिए वेडिङ्ग फाेटाे अवार्ड 2018 काे कमिटि सदस्य एवं सल्लाहकार त्यस्तै फाेटाे पसल बाट अायाेजना गरिएकाे कोभिड फोटो प्रतियोगिताको आयोजक, कपल च्वाइस फोटो अवार्डका अायाेजक संयोजक फोटोग्राफर बिक्रम न्यौपाने। आज म नेपाली फोटोग्राफरहरूलाई विवाह फोटो प्रतियोगितामा भाग लिँदा हुने फाइदा र नियमहरूको जानकारी दिन गइरहेको छु।

प्रतियोगिताको पृष्ठभूमि

सन 2012 मा वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, फोटो किपा, र काठमाडौं फोटोग्राफर संघको सह-आयोजनामा "विवाह फोटो प्रतियोगिता" सुरु भएको थियो। त्यसपछि 2013, 2014, 2016, 2017, 2018 र अहिले 2024 मा पनि संघले आफ्नै आयोजनामा निरन्तरता दिँदै आइरहेको छ। यो प्रतियोगिताले नेपाली फोटोग्राफरहरूको कला र प्रतिभालाई उजागर गर्दै उनीहरूको पेशागत विकासमा ठुलो योगदान पुर्‍याएको छ।

प्रतियोगितामा भाग लिँदाको फाइदा

1. व्यवसायिक उन्नति

राष्ट्रियस्तरमा सम्मान पाउने अवसरले फोटोग्राफरको प्रतिष्ठा र विश्वसनीयता बढाउँछ। विजयी फोटोग्राफरहरूलाई थप व्यवसायिक अवसर र ग्राहकको विश्वास मिल्छ।

2. प्रविधिमा अभ्यस्त

नयाँ प्रविधिहरू र ट्रेन्डहरूलाई अपनाउँदै आफूलाई अपग्रेड गर्न यो प्लेटफर्म महत्त्वपूर्ण छ।

3. सञ्जाल निर्माण

अन्य फोटोग्राफरहरूसँग अनुभव र सीप आदान-प्रदान गर्ने अवसर मिल्छ, जसले सामूहिक विकासमा सहयोग पुर्‍याउँछ।

4. सिपको मूल्याङ्कन

प्रतियोगिताले आफ्नो क्षमता र सिर्जनशीलताको परीक्षण गर्ने अवसर दिन्छ। यसले फोटोग्राफरलाई आफ्नो कमजोरी र सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्न सहयोग गर्छ।

5. ग्राहकको विश्वास

प्रतियोगितामा विजय हासिल गर्ने फोटोग्राफरप्रति ग्राहकको विश्वास बढ्छ। विजेता फोटोग्राफरहरूलाई ग्राहकले आफ्नो सिफारिस र प्रचारमार्फत अन्य सम्भावित ग्राहकसँग जोड्छन्।

KPA Wedding Photo Award 2024

यो अवार्डमा नेपाल र नेपाल बाहिरका स्वतन्त्र फाेटाेग्राफर तथा व्यवसायिक फोटोग्राफरहरूले भाग लिन सक्छन् ।नेपालकाे फाेटाेग्राफर संधका सदस्यलाई  कुनै शुल्क लाग्दैन तर स्वतन्त्र फाेटाेग्राफरलाई भने शुल्क लाग्नेछ शुल्क सम्वन्धि जानकारी  काठमाडौं फाेटाेग्राफर संधकाे अाधिकारिक पेजमा हरेर बुझ्न सक्नु हुन्छ ।

फोटो पठाउँदा ध्यान दिनुपर्ने कुरा

  1. फोटोको प्रकार: आउटडोर, स्टुडियो, विवाह समारोहका उत्कृष्ट क्षणका जोडी फोटो।
  2. फोटोको मौलिकता: AI प्रयोग नगरेको वास्तविक फोटो। सामान्य कलर करेक्सन मान्य।
  3. फाइल फर्म्याट: JPG (300 DPI र अधिकतम 10 MB)।
  4. ग्राहकको अनुमति: दुलहा-दुलहीको अनुमति लिनुपर्ने।
  5. प्रतिबन्ध: लोगो वा अक्षर लेखिएका फोटो मान्य हुँदैनन्।

सहभागिता विधाहरू

  1. मुख्य विधा: विवाह फोटोग्राफी
    • अधिकतम २ फोटो पठाउन सकिन्छ।
  2. सहायक विधा १: प्रि/पोस्ट कपल फोटो
    • अधिकतम २ फोटो पठाउन सकिन्छ।
  3. सहायक विधा २: विवाह भिडियो टिजर
    • अधिकतम १ मिनेट ३० सेकेन्डको, २०० एमबीको भिडियो।

महत्त्वपूर्ण मिति र कार्यक्रम

  • फोटो पठाउने अन्तिम मिति: ३० मंसिर २०८१ (१५ डिसेम्बर २०२४)
  • एवार्ड समारोह:
    • मिति: १२ पुष २०८१ (२७ डिसेम्बर २०२४)
    • स्थान: राष्ट्रिय नाचघर, जमल, काठमाडौं
  • फोटो प्रदर्शनी:
    • मिति: १३ पुष २०८१ (२८ डिसेम्बर २०२४)
    • स्थान: राष्ट्रिय कला परिषद्, बबरमहल, काठमाडौं

प्रतियोगितामा सहभागी भई फोटोग्राफीको भविष्य निर्माण गरौं

प्रतियोगिता केवल प्रतिस्पर्धा होइन; यो आफ्ना सीप र सिर्जनात्मकता प्रस्तुत गर्ने, मूल्याङ्कन गरिने, र सुधारको यात्रा हो। विजयी हुनु मात्र महत्त्वपूर्ण होइन, आफ्नो कला र फोटोग्राफीको गुणस्तरलाई अझ उन्नत बनाउनु मुख्य उद्देश्य हो।

यो अवसरलाई उपयोग गरी, नेपाली फोटोग्राफी समुदायलाई अझ सशक्त र प्रतिष्ठित बनाऔं। आफू पनि सहभागी बनौं, आफ्ना सहकर्मीहरूलाई पनि प्रेरित गरौं।

Why Participation in Wedding Photography Competitions is Essential?

Namaste, I am Bikram Neupane, a former wedding photographer, advisor for the Canon KPA Wedding Photo Awards (2016, 2017), Nikon KPA Wedding Photo Award (2018), and organizer of the COVID Photo Competition and Couple Choice Photo Award by Photo Pasal. Today, I aim to inform Nepali photographers about the benefits and rules of participating in wedding photography competitions.

Background of the Competition

The "Wedding Photography Competition" began in 2012, co-organized by senior photographer Rajbhai Suwal, Photo Kipa, and the Kathmandu Photographers’ Association. It has continued independently in 2013, 2014, 2016, 2017, 2018, and now in 2024. This competition has played a significant role in showcasing the talent of Nepali photographers and contributing to their professional growth.

Benefits of Participation

  1. Professional Advancement:
    Winning at the national level boosts a photographer's reputation and credibility, leading to more business opportunities and customer trust.

  2. Technological Awareness:
    Competitions encourage photographers to stay updated with the latest trends and technologies, ensuring they remain competitive.

  3. Networking Opportunities:
    Engage with fellow photographers, share experiences, and exchange skills, fostering growth within the photography community.

  4. Skill Assessment:
    Competitions provide a platform to test creativity and technical skills, helping identify areas for improvement.

  5. Customer Trust:
    Victory in competitions builds client confidence, leading to referrals and increased business opportunities.

KPA Wedding Photo Award 2024

This award welcomes independent and professional photographers from Nepal and abroad. Participation is free, and married couples can submit photos under the photographer or company name.

Submission Guidelines

  • Types of Photos: Outdoor, studio, and candid wedding moments.
  • Authenticity: No AI manipulation. Basic color correction is allowed.
  • File Format: JPG (300 DPI, maximum 10 MB).
  • Permission: Ensure consent from the couple before submission.
  • Restrictions: Photos with logos or text are not allowed.

Participation Categories

  • Main Category: Wedding Photography (up to 2 photos).
  • Sub-category 1: Pre/Post-Wedding Couple Photos (up to 2 photos).
  • Sub-category 2: Wedding Video Teaser (up to 1 minute 30 seconds, maximum 200 MB).

Important Dates and Events

  • Photo Submission Deadline: December 15, 2024 (Mangsir 30, 2081).
  • Award Ceremony:
    • Date: December 27, 2024 (Poush 12, 2081)
    • Venue: Rastriya Nachghar, Jamal, Kathmandu.
  • Photo Exhibition:
    • Date: December 28, 2024 (Poush 13, 2081)
    • Venue: Nepal Art Council, Babarmahal, Kathmandu.

Build the Future of Photography

Participating in competitions is not just about winning; it is a journey of skill presentation, evaluation, and continuous improvement. Let’s utilize this opportunity to elevate the Nepali photography community. Participate and encourage your peers to join as well!

WhatsApp